काठमाडौं । एनसेलको शेयर खरिद बिक्री प्रकरणबारे छानबिन गर्न बनेको समितिले उक्त बिक्री स्वतन्त्र र सहज ढंगले गरिएको मान्न नसकिने निष्कर्ष निकालेको छ ।
छानविन समितिका संंयोजक टङ्कमणि शर्मा दङ्गालले सम्झौताका शर्तहरु हेर्दा कानूनसम्मत नभएको बताए । यो खरिद सम्झौता यथास्थितिमा स्वीकार गर्न सकिने अवस्था नदेखिएको समितिको निष्कर्ष भएको दंगालले बताए ।
एनसेलले नेपालले व्यवसाय गरेदेखि एक खर्बभन्दा बढी नाफा कमाएको समितिको अध्ययनले देखिएको उनले बताए । करिब ८५ अर्ब रुपैयाँभन्दा बढीको एनसेलले बुझाउनुपर्ने दायित्वबारे विभिन्न अदालतमा मुद्दा रहेको पनि समितिले निष्कर्ष निकालेको बताए ।
त्यस्तै, वैधानिक अपेक्षाको उल्लंघन भएकोबारे सरकारविरुद्ध एजियाटाले लगाएको आरोप पनि प्रमाणित हुन नसकेको संयोजक शर्माले बताए ।

लुम्बिनी रिभ्यू