• Saturday 25th July 2026

स्वदेशमै रोजगारीको वातावरण श्रृजना गर्न दवाव जरूरी : पूर्वअर्थमन्त्री पाैडेल

स्वदेशमै रोजगारीको वातावरण श्रृजना गर्न दवाव जरूरी : पूर्वअर्थमन्त्री पाैडेल


  • लुम्बिनी रिभ्यू

बुुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारको ज्यादति र विकास विरोधी नीतिको युवाहरुले सडकबाट दवाव दिनुपर्ने बताएका छन् ।
एमाले निकट राष्ट्रिय युवासंंघ रुपन्दही प्रचार विभागले आयोजना गरेको स्व. परमानन्द खरेलको स्मृतिमा फुटसल प्रतियोगिता उद्घाटन गर्दै नेता पौडेलले अहिले देशको परिस्थिति झन्झन् जटिल अवस्थामा पुगेको बताए ।
गठबन्धन सरकारले युवा र जनता आवश्यकता पूरा गर्नुको सट्टा विकास विरोधी गतिविधि गरेको बताउँदै उनले भने–‘दैनिक रुपमा युवाहरु विदेश पलायन हुने अवस्था श्रृजना भएको छ । सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै खालका योजना ल्याउन नसक्दा युवाहरु विदेश पलायन हुने अबस्था आएको हो ।’ युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण श्रृजना गर्न युवाहरूले सडकबाट सरकारलाई दवाव दिनुपर्ने उनले बताए । युवाहरुले खेलकुद, उद्योग, व्यवसाय, रोजगारी लगायतका सबै क्षेत्रमा आफ्नो सक्षमता देखाउनुपर्ने उनले ।
युवासंघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बुद्धि थापाले युवाहरु राजनीतिमा मात्र नभई खेलकुदको क्षेत्रमा समय व्यवस्थापन गर्नुपर्ने बताए।
सोही अवसरमा स्व. परमानन्द खरेलका छोरा किरण खरेलले खेलको माध्यमबाट युवासंघले बावाले समाजमा गरेको योगदानको जीवन्त बनाउने काम गरेको बताए ।
युवासंघ रुपन्देही सचिव दिपेस कंडेलको अध्यक्षयता इश्वर पौडलेको संचालन र खेल संयोजक शंकर पाण्डेको स्वागतमा उद्घाटन कार्यक्रम भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend