बुटवल ।
नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारको दुरदृष्टिसहितको नीति नल्याउँदा देश अप्ठयारोमा परेको बताएका छन् । विकास योजना, जनतामैत्री नीति नल्याउदा देश अपठयारोमा पारेको उनले बताए ।
प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आयोजना गरेको संघसंस्थाहरुबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको नियमबाट राजनीति दलहरुले धेरै कुरा सिक्न जरुरी रहेको बताए । खेलमा मित्रभाव, समभाव, प्रतिस्प्रर्धा र श्रेष्ठता हुने हुदा पनि यसबाट दल र नेताहरु अवलम्बन गर्न जरुरी रहेको उनले बताए । नागरिक स्वस्थ्य भएमात्र समाज हुँदै देश विकासमा सहयोग मिल्ने उनले बताए । अहिलेका युवाहरु खेलकुदसंगै उद्योग, व्यवसाय, रोजगारीका क्षेत्रमा सक्षम हुन जरुरी रहेको उनले बताए ।
प्रतियोगितामा रुपन्देहीका दुई दर्जन संघसंस्थाहरुले भाग लिएकाे चाैतारीका जिल्ला अध्यक्ष लक्ष्मण पाैडेलले बताए ।

लुम्बिनी रिभ्यू