• Saturday 25th July 2026

आजदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन

आजदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ।

अधिवेशनबारे विभिन्न   दलले आ–आफ्नो तयारी पनि गरिरहेका छन्। केही दलले संसदीय दलको बैठक सम्पन्न गरिसके भने केहीको संसदीय दल बैठक चलिरहेको छ। अधिवेशनमा गर्ने काम, दलको तर्फबाट प्रस्तुत गर्ने विषय तथा सांसदले राख्ने विषयको सम्बन्धमा दलले तयारी गरिराखेका छन्।

नेकपा(एमाले) ले संसद् अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रस्तुत हुने तयारी गरेको छ। सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो।

एमालेका प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई आफूहरूले पहिलो मुद्दा बनाउने बताउनुभयो।

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले पार्टीले यस अधिवेशनको प्रारम्भमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको बताउनुभयो।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरिरहेको बताउनुभयो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend