• Saturday 25th July 2026

माओवादीका सबै नेताको सम्पति सार्वजनिक गरौं : विप्लव

माओवादीका सबै नेताको सम्पति सार्वजनिक गरौं : विप्लव


  • लुम्बिनी रिभ्यू

बुटवल । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सत्तारुढ दलमा रहेका नेताहरुको सम्पति सार्वजनिकरण गरे अहिले बाहिर आएको मुख्य समस्या समाधान हुने बताएका छन् । पार्टीले रुपन्देहीमा शनिबार आयोजना गरेको वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक सर्वपक्षीय अन्तरसंवादमा उनले खासगरी माओवादी आन्दोलनबाट जन्मेर अहिले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका नेताहरुबाट त्यसको सुरुवात गर्नुपर्ने उनले बताए । ‘हिजो जनयुद्ध गरेर सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रका सबैनेता कार्यकर्ताहरुको सबै सम्पति सार्वजनिक गरे समस्याको जड पत्ता लागिहाल्छ, पैसोको चलचेल भएकैले राजनीति बिग्रेको हो, राजनीतिमा रकमको लेनदेनले ध्वस्त बनाएको छ, सत्तालाई शासन गर्ने थलो बनाइयो सेवा गर्ने साधन बनाएर गएमात्रै सुधार्न सकिन्छ । कम्युनिस्टहरू सत्तामा पुगेपछि बिग्रेका धेरै प्रमाण हामीले देखेका छौं’ नेता विप्लवले भने ।
देशका धेरै नागरिकले भरोसा गरेको कैयन माओवादीका नेताहरु सत्तालिप्सा र स्वार्थका कारण बिग्रेको र पार्टी पनि उनीहरुको योजनामा अघि बढेको उनको विश्लेषण थियो । ‘श्रमिक, जनजाति, पछाडि पारिएको वर्गको मुद्दा उठाएको हिजोमो माओवादीका नेता कार्यकर्ताको अहिलेको अवस्था कस्तो छ ? लुकाउनुपर्दैन सबै प्रष्ट छ, अरू त अरू माओवादीका नेता कार्यकर्तालाई कुटोकोदालो गनाउन थालेकोछ, श्रम गर्ने चलन हरायो, युवा पलायनबाट अझै ध्वस्त हुँदैछ, नेपालमा केही छैन भन्ने सन्देश हटाउm’ महासचिव विप्लवले भने ।
उनले अहिलेको अवस्थामा आफूहरुले नेपाली मोडलको वैज्ञानिक समाजवादबाट मुलुकलाई अगाडि बढाउन सकिने पार्टीको स्पष्ट धारणा रहेको कुनै न कुनै माध्यमबाट नेपाली जनताको सेवा गरेर देखाउने दृढ संकल्पका साथ अगाडि बढेको बताए । ‘हामीले केही न केही गरेर देखाउँछौं, ५ वर्ष जिम्मा दिइयोस्, धेरै पनि मागेका छैनौ, देश बनाउन के गर्नुपर्छ भन्ने सुत्र तयार गरेका छौं, जनमतसंग्रहबाट हुन्छ कि अरु कुनै माध्यमबाट हुन्छ, यहाँको नेतृत्व गरेर जाने संकल्प गरेका छौं, हामी जोतिन तयार छौं’ विप्लवले भने–‘अब त्यसमा ढिलाई गरे देश दुर्घटनामा जानसक्छ, नेपाली नागरिकलाई यो भन्दा धेरै पीडा नदिऔं ।’ अहिले देशमा दुई मुख्य विषयलाई हेर्ने प्रष्ट धारणाहरु अन्य पार्टीमा समस्या रहेको उनको तर्क छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend