• Saturday 25th July 2026

एमाले महासचिव चढेको जिप दुर्घटना,महासचिव सकुशल

एमाले महासचिव चढेको जिप दुर्घटना,महासचिव सकुशल


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जिप दैलेखमा दुर्घटना भएको छ ।
महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आज सामाजिक सन्जालमा जिप दुर्घटनाको फोटो सार्वजनिक गर्दै ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’ लेखेका छन् । फोटो हेर्दा बाटो किनारमा जिप पल्टिएको देखिन्छ ।
जिप दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिए ।
महासचिव पोखरेल जिल्ला अधिवेशनमा सहभागी हुन सुर्खेतबाट गाडी चढेर दैलेख जाँदै गर्दा दुर्घटनामा परेका थिए । जिप चालकले ब्रेक फेल भएर गाडी पल्टिएको बताएको डिएसपी लम्सालले जानकारी दिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend