काठमाडौं । सार्वजनिक लेखा समितिले लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा गरेको सबै सम्झौता खारेज गर्न निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।
समिति सभापति ऋषिकेश पोखरेलले लुम्बिनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरेका सम्झौतालगायत सबै कार्य आजैका मितिबाट लागू हुने गरी खारेज गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले घरबेटी शारदा अधिकारीका छोरा निकेश अधिकारीलाई विनाप्रतिस्पर्धा रामग्राम क्षेत्र लिजमा दिन सम्झौता गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए ।
कोष र द प्रमिस्ड ल्याण्ड प्रालिबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माण गर्नेलगायत समझदारी भएको थियो ।
समितिमा सांसदहरुले ९९ वर्षका लागि जग्गा लिजमा दिन गरेको सम्झौता खारेज गर्नुपर्ने भन्दै आवाज उठाएका थिए ।

लुम्बिनी रिभ्यू