• Saturday 25th July 2026

बेलायतका विकास मन्त्री एन्ड्रयु मिचेल बुटवलमा

बेलायतका विकास मन्त्री एन्ड्रयु मिचेल बुटवलमा

लुम्बिनी प्रदेशमा देशकै मातृमृत्युदर बढी रहेकाले त्यसको अवस्था बुझेर  घटाउन सघाउने र लुम्बिनी प्रादेशिक अस्पतालमा आमा सुरक्षामा सघाउने उद्धेश्यले उनी यहा आएका हुन् ।


  • लुम्बिनी रिभ्यू

बुटवल, लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे अवलोकन तथा जानकारी लिने उदेश्यले बेलायतका विकास  मन्त्री एन्ड्रयु मिचेल बुटवलमा आएका छन् ।

लुम्बिनी प्रदेशमा देशकै मातृमृत्युदर बढी रहेकाले त्यसको अवस्था बुझेर  घटाउन सघाउने र लुम्बिनी प्रादेशिक अस्पतालमा आमा सुरक्षामा सघाउने उद्धेश्यले उनी यहा आएका हुन् । अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्रलाई सबल बनाएर लैंगिक हिंसा कम गर्ने उद्धेश्य समेत रहेको छ ।
मिचेलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ,  नगर प्रमुख खेलराज पाण्डेय र अस्पतालका मेसु डा. सुदर्शन थापासँग भेटेर यहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।  सो अवसरमा चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको बारेमा जानकारी गराएका थिए भने नगर प्रमुख पाण्डेयले बुटवलले माृतस्वास्थ्य र शिशुस्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु अगाडि सारेको बताएका थिए।

सो अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल, अंग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहको बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्वीर मायाको चिनोस्वरुप प्रदान गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार मिचेलले लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्यमन्त्री राजु खनाल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसँग भेटघाट गर्ने कार्यतालिका रहेको थियो। देशभरमा एक लाख जीवित आमाले बच्चा जन्माउदा १ सय ५१ जनाको मृत्यु हुन्छ भने लुम्बिनीमा २ सय ७ आमाले ज्यान गुमाउछन् ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend