• Saturday 25th July 2026

बुटवलमा खुल्ला महिला दौड प्रतियोगिता

बुटवलमा खुल्ला महिला दौड प्रतियोगिता

३५० महिला दौडे, प्रकृति घिमिरे प्रथम


  • लुम्बिनी रिभ्यू

बुटवल, महिला सशक्तिकरणका लागि खेलकुद भन्ने नाराका साथ बुटवलमा शुक्रबार ५ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
रेडियो मुक्ति बुटवलको आयोजनामा भएको प्रतियोगितामा कालिका मानवज्ञान माविकी प्रकृति घिमिरे प्रथम भइन् । उनले २२ मिनेट ५७ सेकेण्ड ४३ सेकेण्डमा ५ किलोमिटर दुरी पार गरिन् । दिप बोर्डिङ हाई स्कुलकी देवी बुढा तृतिय भइन् । उनले उनले २३ मिनेट ११ सेकेण्डमा दुरी पार गरिन् ।  दौडमा  कालिका मानवज्ञान माविकी कृति पराजुली २७ मिनेट १७ सेकेण्ड ५६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथो भइन् । प्रथमले १२ हजार रुपैया दोस्रोले ९, तेस्रोले ५ र चौथोले ३ हजार रुपैया नगद र प्रमाणपत्र पाए । त्यस्तै बुटवल उपमहानगरपालिकाका पुजा थारु पाँचौ, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ममता पाण्डे छैठौ हुदै नगद  २ हजार रुपैयासहित प्रोत्साहन पुरस्कार पाए ।


सबैभन्दा कम उमेरकी लक्ष्मी माविमा अध्यरनरत १२ वर्षकी विनिता मुखियाले ३ हजार रुपैयासहित प्रमाणपत्र पाइन् । ४० वर्षभन्दा माथिका इनरव्हिल क्लब अफ मिडटाउनका पार्वती पंगेनी ,एकल महिला समुह रुपन्देहीकी रीता सेन, लुम्बिनी प्रादेशिक अस्पतालकी गोमा सुवेदी र प्रगतिशिल महिला सहकारी तिलोत्तमाकी मन्जु थारुलाई सम्मान गरिएको थियो ।
१ सय १४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर रेडियो मुक्तिले आयोजना गरेको महिला दौ को मुख्य प्रायोजक तथा प्रवद्र्धन, बुटवल उपमहानगरपालिका लगायतले सहकार्य गरेका थिए ।  दौडमा ३ सय ५० महिला सहभागी भएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend