• Saturday 25th July 2026

रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ घाइते

रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ घाइते


  • लुम्बिनी रिभ्यू

बुटवल ।
दाङबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस रूपन्देहीको सैनामैनामा दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। रा १ ख २७८३ नम्बरको बस गएराति सैनामैना नगरपालिका वडा नं १० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । घाइतेलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा १९ जना डिस्चार्ज भइसकेका छन्। अन्य २४ जनाको उपचार जारी छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend