• Saturday 25th July 2026

ओली र देउवाविच बालकोटमा के के भयाे कुराकानी ?

ओली र देउवाविच बालकोटमा के के भयाे कुराकानी ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट भएको छ ।
देउवा श्रीमती आरजु देउवा सहित बालकोट पुग्नु भएको हो ।
आज निवासमै रहनु भएका अध्यक्ष ओलीलाई भेट्न देउवा दम्पती बालकोट पुगेका हुन् । उहाँहरु तीनजना बीच करिब डेढ घण्टा कुराकानी भएको बालकोट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उहाँहरु बीच संविधान संसोधनका विषय लगायत विविध विषयमा छलफल भएको हो ।

खासगरी अहिलेको निर्वाचन प्रणालीमा फेरबदल गर्न दुवै नेताहरुले चासो राखेका छन् । वर्तमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत नआउने भएकोले समानुपातिक प्रतिनिधित्वका विषयमा पुनर्विचार गर्न दुवै पार्टीमा बहस भइरहेको छ । प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित प्रणालीमा केन्द्रित गरेर राष्ट्रियसभालाई पूर्ण समाुनपातिक बनाउने वा प्रतिनिधीसभाको प्रत्यक्षतर्फ नै आरक्षण कायम गर्ने भन्ने विषयमा छलफल अघि बढेको छ । एमाले स्रोतका अनुसार दुवै पार्टीका दोस्रो तहका नेताहरुले धेरै चरणमा छलफल गरेपछि आज अध्यक्ष ओलीसँग भेट्न देउवा दम्पती बालकोट पुगेका हुन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend