• Saturday 25th July 2026

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिनुहुने

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिनुहुने


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको असार २८ गते बस्ने बैठकमा विश्वास मत लिन लाग्नुभएको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)ले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्रीले संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाउनुभएको हो ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । गत असार १७ गते कांग्रेस र एमालेबिच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend