• Saturday 25th July 2026

लुम्बिनी वाणिज्य क्याम्पसकाे अध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ

लुम्बिनी वाणिज्य क्याम्पसकाे अध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ


  • लुम्बिनी रिभ्यू

बुटवल, मानित विश्वविद्यालयको रुपमा अगाडि बढेको बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न क्याम्पसको १४ औं क्याम्पस सभाबाट संचालक समितिको अध्यक्षमा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको हो । अध्यक्षमा निर्वाचित श्रेष्ठ यस अगाडि क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष हुनुहुन्थ्यो ।
त्यस्तै नि(वर्तमान अध्यक्षमा मोतिलाल पाण्डे रहनु भएको छ । त्यसैगरी क्याम्पस सञ्चालक समितिको सदस्यहरुमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू, बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, त्रि।वि। प्रतिनिधि डा। अरुणकुमार क्षेत्री, प्राध्यापक संघ इकाई समिति अध्यक्ष धनबहादुर पुन ९थापा०, सस्थापक महेश्वरप्रसाद श्रेष्ठ, पूर्व क्याम्स प्रमुख राजेन्द्रप्रसाद बनतालाई सर्वसम्मत चयन गरिएको हो ।
त्यसैगरी सञ्चालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख प्रा डा। ताराप्रसाद उपाध्याय ज्ञवाली रहनु भएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend