• Saturday 25th July 2026

एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुहुँदै

एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुहुँदै


  • लुम्बिनी रिभ्यू

काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने हुनुभएको  छ ।

राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि प्रधानमन्त्रीमा दावी पेश गर्ने समय निर्धारण गर्नुभएको छ । उहाँको आव्हानअनुसार नेपाली काँग्रेस र नेकपा (एमाले) ले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रहसहित राष्ट्रपतिसमक्ष शुक्रबार राति नै दावी पेश गरिसक्नुभएको छ ।

“राष्ट्रपति पौडेलले निर्धारण गर्नुभएको समयपछि प्रधानमन्त्रीमा ओली आइतबार नियुक्त हुनुहुनेछ । शपथ कार्यक्रम सोमबार मात्र हुनेछ” प्रेस सल्लाहकार पोखरेलले  जानकारी दिनुभएकाे गाेरखापत्र अनलाईनले उल्लेख गरेकाे छ ।

ठुलो दल काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले १६६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी पेश गर्नुभएको छ । संविधानको धारा ७६ (२) अनुसार उहाँले सो पदका लागि दावी पेश गर्नुभएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend