• Saturday 25th July 2026

प्रधानमन्त्री ओलीलाई संसदबाट दुई तिहाइकाे विश्वास : पक्षमा १८८, विपक्षमा ७४

प्रधानमन्त्री ओलीलाई संसदबाट दुई तिहाइकाे विश्वास : पक्षमा १८८, विपक्षमा ७४


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाउनु भएको छ।
प्रधानमन्त्री नियुक्त भएको एक सातामै उहाँले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाउनु भएको हो।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुभएको थियो।

उक्त प्रस्तावमाथिको लामो छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा कुल उपस्थित २६३ सांसद संख्यामध्ये उहाँको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको हो । सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने संख्या बढी भएको भन्दै सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नु भएको हो। प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेस, नेकपा (एमाले), जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend