• Saturday 25th July 2026

नेपालकाे निजामती क्षेत्रमा पहिलो पटक महिलाकाे नेतृत्व

नेपालकाे निजामती क्षेत्रमा पहिलो पटक महिलाकाे नेतृत्व


  • लुम्बिनी रिभ्यू

काठमाडौं । सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।

नेपालकाे  निजामती क्षेत्रको इतिहासमा  पहिलो पटक महिलाले नेतृत्व पाएको हो ।

मुख्य सचिव डा. वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा दायरपछि उनी निलम्बनमा छन् ।

यसअघिकाे ‘प्रचण्ड’ नेतृत्वको सरकारले निमित्त मुख्य सचिवको नेतृत्वको दिएकोमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वरिष्ठताको आधारमा लीलादेवीलाई कामुको जिम्मेवारी दिइएको हो ।

नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक निमित्त र कामु मुख्यसचिवको जिम्मेवारी पनि गड्तौलाले नै पाएकी हुन् ।

यसैविच  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा सन्देश लेख्दै मुख्यसचिव गड्ताैलालाई बधाई ज्ञाापन गर्नु भएकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend