• Saturday 25th July 2026

एमाले सचिवालय बैठक जारी, नेताहरूको जिम्मेवारी हेरफेर हुँदै

एमाले सचिवालय बैठक जारी, नेताहरूको जिम्मेवारी हेरफेर हुँदै


  • लुम्बिनी रिभ्यू

काठमाडौं । केहीबेरअघि सुरु भएको नेकपा (एमाले) सचिवालय बैठक जारी छ । बैठक हनुमानथानस्थित होटल बसेरामा चलिरहेको छ । आजको बैठकले वर्तमान राजनीतिक अवस्थाको समीक्षाका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने बताइएको छ ।

असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो । यसअघि केन्द्रीय नेताहरूको अन्तरजिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend