• Saturday 25th July 2026

एमालेमा ब्यापक जिम्मेवारी हेरफेर : रिक्त उपाध्यक्षमा बराल, हेर्नाेस कसलाइ के जिम्मेवारी ? काे के मा मनाेनीत ?

एमालेमा ब्यापक जिम्मेवारी हेरफेर : रिक्त उपाध्यक्षमा बराल, हेर्नाेस कसलाइ के जिम्मेवारी ? काे के मा मनाेनीत ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं। नेकपा (एमाले) सचिवालय बैठकले नेताहरूकाे ब्यापक जिम्मेवारी हेरफेरसहित विभिन्न पदमा विभिन्न नेतालाइ मनाेनित गर्ने निर्णय गरेकाे छ ।

बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। बुधबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो।

यसअघिका लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टबाहेक इन्चार्जको जिम्मेवारी फेरिएको हो।

कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ र कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी इन्चार्ज बन्नुभएको छ।  यसअघि कोशी प्रदेशमा रघुवीर महासेठ, मधेश प्रदेशमा योगेश भट्टराई, गण्डकी प्रदेशमा गुरु बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज हुनुहुन्थ्यो।

बैठकले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ ।  बैठकले रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको हो । बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै, १७ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत समेत गरेको छ । सुवास कर्माचार्य, कुन्दन कुसवाह, जितेन्द्रदेव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कोमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबैकोलाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरिएको हो ।

बैठकले निर्वाचन आयोग सदस्यहरूमा अमनसिंह तामाङ, जबि पोखरेल, नर्वदा भण्डारी, रत्ना गुरुङ र कमला केसीलाई मनाेनित गरेको छ भने अनुशासन आयोगमा मायानाथ अधिकारीलाई सदस्यको रूपमा मनोनीत गरेको छ ।

बैठकले सल्लाहकार परिषद्मा कुलानन्द गिरी, महेन्द्र थापा, पिएल श्रेष्ठ, शिवचन्द्र कुशवाह, रामप्रित पासवान, एकवाल मिया, डा. गोपाल खनाल, खालिद हुसेन हकलाई मनोनीत गरेको छ । त्यसैगरी हरि रिजाल, प्रेमबहादुर सिंह, कृष्णप्रसाद दाहाल, विनोद ढकाल, सानु श्रेष्ठ, सिर्जना शर्मा, प्रदीप भण्डारी, अर्जुनबहादुर थापा, श्याम बगाल, नारायण मरासिनी, घनेन्द्र घिमिरे, नन्दलाल रोकाया, जनक पौडेल, मेघनाथ सुवेदी लगायतलाइ समेत सल्लाहकार परिषदमा मनोनीत गरिएको जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend