• Saturday 25th July 2026

लुम्बिनीका नयाँ प्रदेश प्रमुखले सम्हाले पदभार

लुम्बिनीका नयाँ प्रदेश प्रमुखले सम्हाले पदभार


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेशका नयाँ प्रदेश प्रमुख रोल्पाका कृष्णबहादुर घर्तीले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपतिसमक्ष शपथ लिएका घर्तीले शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार संहालेका हुन् ।

७ वर्षमा लुम्बिनीले ४ जना प्रदेश प्रमुख पाएको छ । २०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारको पालामा उमाकान्त झा पहिलो प्रदेश प्रमुख बनेका थिए । २०७६ कात्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाएको थियो ।

देउवा सरकारले यादवलाई हटाएर २०७८ साल साउन १३ गते अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएको थियो । साउन १४ गते केपी ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर रोल्पाका कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend