सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले मुख्यमन्त्री कँडेलले २१ साउनमा विश्वासको मत लिन भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको बताए ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्ने हुन्छ ।
प्रदेशसभामा एमालेका १० र कांग्रेसका १४ सांसद छन् । माओवादीका १३, रापप्रा र एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक–एक जना छन् ।

लुम्बिनी रिभ्यू