• Saturday 25th July 2026

काभा महिला भलिबल : आज फाइनलमा नेपाल र भारत भिड्दै

काभा महिला भलिबल : आज फाइनलमा नेपाल र भारत भिड्दै


  • लुम्बिनी रिभ्यू

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् ।

आज साँझ ५ बजे हुने फाइनलमा भारतविरुद्ध जित निकाल्न सके नेपालले उपाधि रक्षा त गर्छ नै ५ वर्षअघिको हारको बदला पनि लिनेछ ।

मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए। त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend