• Saturday 25th July 2026

समस्या र चुनाैति पहिचान गरेर राष्ट्रिय सुरक्षाबारे दृष्टिकोण बनाउन जरूरी : महासचिव पाेखरेल

समस्या र चुनाैति पहिचान गरेर राष्ट्रिय सुरक्षाबारे दृष्टिकोण बनाउन जरूरी : महासचिव पाेखरेल


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले राष्ट्रिय हित र सुरक्षालाई बलियो बनाउनु पर्ने बताउनु भएकाे छ । उहाँले त्यसका लागि उपयुक्त नीतिसंगै देशको आर्थिक , सामाजिक आधार बलियाे बनाउनु पर्ने चर्चा गर्नु भयाे ।
नेकपा एमाले राष्ट्रिय हित तथा सुरक्षा विभागमा मनाेनित सदस्यहरूकाे सपथ ग्रहण कार्यक्रमलाई संवाेधन गर्दै महासचिव पाेखरेलले उक्त कुरा बताउनु भएकाे हाे ।

राष्ट्रिय हित र सुरक्षामा देखिएका कमि कमजाेरीहरू सुधार गर्दै पार्टीलाई नीतिगत सुझाव दिनु विभागकाे जिम्मेवारी रहेकाे उल्लेख गर्दै उहाँले समस्या र चुनाैति पहिचान गरेर राष्ट्रिय सुरक्षाबारे दृष्टिकोण बनाउन जरूरी रहेकाे बताउनुभयाे ।

राष्ट्रिय हितमा आधारित छिमेकी सम्बन्ध नीति र फराकिलो अन्तरास्ट्रिय सम्बन्ध उपयुक्त रहेकाे चर्चा गर्दै उहाँले माैलिक संस्कृतिले राष्ट्रलाई जाेड्ने बताउनुभयाे ।

महासचिव पाेखरेलले माैलिक संस्कृतिलाई कमजाेर पार्न भईरहेका षड्यन्त्रहरू परास्त गर्नु पर्ने आवश्यकता ओल्याउदै देशकाे सांस्कृतिक धरातल बलियाे बनाउने नीति अवलम्बन गर्नु पर्ने बताउनु भयाे ।

पार्टीका विभागहरू नीति बनाउने कामका लागि भएकाे चर्चा गर्दै महासचिव पाेखरेलले आर्थिक, सामाजिक आधारहरू बलियाे बनाउदै राष्ट्रिय हित र सुरक्षा सामर्थ्य बलियाे बनाउन सबै सकृय रहनु पर्ने धारणा राख्नु भयाे ।

कार्यक्रममा विभागका प्रमुख चुडादेव सिंह लामा, सचिव पूर्ण प्रसाद पाण्डे लगायतले बाेल्नु भएकाे थियाे ।

साे अवसरमा महासचिव पाेखरेलले विभागमा मनाेनित नाै जना सदस्यलाई सपथ ग्रहण गराउनु भएकाे थियाे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend