• Saturday 25th July 2026

संचारिका लुम्बिनीमा अनमाेलकाे नेतृत्वमा यस्ताे बन्याे नयाँ समिति

संचारिका लुम्बिनीमा अनमाेलकाे नेतृत्वमा यस्ताे बन्याे नयाँ समिति


  • लुम्बिनी रिभ्यू

बुटवल, संचारिका समुह लुम्बिनीको अधिवेशनले अमृता अनमोलको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएको छ ।
समितिको बुटवलमा भदौ १३ गते भएको अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज बांके, महासचिवमा माया केसी रुपन्देही, कोषाध्यक्षमा सरीता थारु कपिलवस्तु, सचिवमा रीया वस्नेत गुल्मी निर्वाचित भएका छन् । १३ सदस्यीय कार्यसमितिको सदस्यमा उषाकिरण पन्थ रुपन्देही, उर्मिला यादव नवलपरासी पश्चिम, लक्ष्मी पोखरेल दाड., गीता ज्ञवाली पाल्पा, विन्दु थापा पाल्पा र फुलु सुनार रुपन्देही निर्वाचित गरेका छन् । २ सदस्य अध्यक्षले नियुक्त गर्ने प्रावधान छ ।
अधिवेशनपछि बसेको कार्यसमिति बैठकले उषाकिरण पन्थलाई सस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
बैठकले पार्वती पाण्डे कपिलवस्तु, नारायणी रजौरे दाङ, लक्ष्मी आचार्य दाङ, अक्षरी पोखरेल बांके, र पुष्पा चौधरी बर्दियालाई सल्लाहकारमा मनोनित गरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरुलाई पदेन सदस्य रहने व्यवस्था गरिएको छ । जसमा दाड. अध्यक्ष रन्जीता अधिकारी, नवलपरासी पश्चिम अध्यक्ष विष्णु खनाल, रुपन्देही अध्यक्ष निरु गौतम, बर्दिया अध्यक्ष मेनका चौधरी, बांके अध्यक्ष रुपनी जिएम, कपिलवस्तु अध्यक्ष कोपिला पोखरेल, प्य्ठान अध्यक्ष राधिका भुसाल, गुल्मी अध्यक्ष अनिता खत्री र पाल्पा अध्यक्ष सीता डोटेललाई पदेन सदस्य चयन भएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend