• Saturday 25th July 2026

नागरिकमाझ प्रदेश सरकारको काम र औचित्य देखाउन सकिएनः पुन

नागरिकमाझ प्रदेश सरकारको काम र औचित्य देखाउन सकिएनः पुन

संघले प्रदेश सरकारमा को पठाउने भन्ने जिम्मा पाटीको प्रदेश संरचनालाई नदिदा समस्या


  • लुम्बिनी रिभ्यू

बुटवल – नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले संघले प्रदेश सरकारमा को पठाउने र कसरी काम गराउने भन्ने जिम्मा पाटीको प्रदेश संरचनालाई नदिदा नागरिकमाझ प्रदेश सरकारको काम र औचित्य देखाउन नसकेको बताउनुभएको छ ।
प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले प्रदेश समितिले निर्णय गरेर प्रदेशमा मन्त्री बनाउने र तिनका कामको निगरानी गर्ने भएपनि त्यसअनुसार संघले अधिकार नदिदा प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन नसकेको बताउनुभयो । प्रदेशमा रहेको पाटी समितिले नै प्रदेश सरकारमा मन्त्री पठाउने र उनीहरुलाई जिम्मेवारी दिने तथा निगरानी गर्नेबारे पटक पटक ध्यानाकर्षण गराएपनि संघले बेवास्था गरेको सभापति पुनको गुनासो छ । यही अवस्था रहे प्रदेशमा सरकार र दलको कुनै संरचना आवश्यक नरहेको सभापति पुनको टिप्पणी थियो ।


कांग्रेस लुम्बिनी सभापति पुनले प्रदेशमा हरेक पटक जाने मन्त्रीहरुले आफू अनुकुलका योजना बनाउने र अघिल्ला योजना नहेर्दा धेरै योजना अलपत्र परेको र बजेट खर्चको प्रभावकारिता नरहेको बताउनुभयो । उहाले मन्त्री अनुसारका मात्रै योजना बनाउने परिपाटी रोक्न सरकारका हरेक योजना र कार्यक्रमलाई चुनाबी एजेन्डा अनुसार साझा हीतमा लगाउनुपर्ने बताउनुभयो । कांग्रेस प्रदेश समितिले कांग्रेस सरकारमा हुँदा गरिने हरेक काममा निगरानी राख्ने गरेपनि संघले प्रदेशलाई अधिकार नदिदा कार्यान्वयनमा समस्या रहेको गुनासो गर्नुभयो ।
यस्तै , सभापति पुनले संघले पाटी अनुशाशनको कारबाहीका लागि सिफारिस गरिएका सदस्यहरुलाई कि कारबाही गर्न नत्र क्रियाशील सदस्यता नरोक्न आग्रह समेत गर्नुभयो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend