• Saturday 25th July 2026

टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता

टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता


  • लुम्बिनी रिभ्यू

काठमाडौं-टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ। सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले तिहारअघि नै मन्त्रालयमा सूचीकृत भए पनि मंगलबार मात्रै पत्र बुझेको जानकारी दिनुभयो।

‘नेपालको कानुन मान्न तयार भएपछि प्रतिबन्ध फुकाइएको थियो, अहिले दर्ता भयो,’ ठाकुरले भन्नुभयो, ‘अब नेपाल सरकारले तोकेका सर्त मानेर नेपालमा चल्छ।’

सञ्चार मन्त्रालयले सबै सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन भने पनि अहिलेसम्म ३ वटा मात्रै दर्ता भएका छन्। दर्ता हुनेमा भाइबर, वीटक र टिकटक रहेको मन्त्रालयले जनाएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend