• Saturday 25th July 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुुख

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुुख


  • लुम्बिनी रिभ्यू

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ।

ज्वरो आएर सरकारी निवास बालुवाटारमै रहेका प्रधानमन्त्री ओलीका स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ,’ सचिवालयले बुधबार दिउँसो उहाँको स्वास्थ्यबारे जानकारी गराउँदै भनेको छ, ‘उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन्।’

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि मङ्गलबार नियमित भेटघाट कार्यक्रम स्थगित गर्नुभएको थियो। उहाँ अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहनुभएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend