• Saturday 25th July 2026

उपनिर्वाचनमा भाग लिदै रास्वपा, ताेकिए सातै प्रदेशमा संयाेजक

उपनिर्वाचनमा भाग लिदै रास्वपा, ताेकिए सातै प्रदेशमा संयाेजक


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको छ ।

केन्द्रीय निर्वाचन संयोजक समितिको बिहीबार बसेको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।

निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य गणेश पराजुलीका अनुसार प्रदेशगत जिम्मेवारी विभाजन गरिएको हो ।

जसअनुसार कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई तोकिएको छ । मधेस प्रदेशमा सांसद डा. चन्दा कार्की, वाग्मतीमा सांसद शिशिर खनाललाई स्थानीय तह उपनिर्वानको जिम्मेवारी तोकिएको छ ।त्यस्तै लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिममा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend