• Saturday 25th July 2026

उपनिर्वाचनमा एक्लै चुनाव लड्छौँ : महासचिव पोखरेल

उपनिर्वाचनमा एक्लै चुनाव लड्छौँ : महासचिव पोखरेल


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले उप-निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको बताउनुभयो ।

‘हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्छौँ, हामी एक्लै लड्छौँ, चुनावका सन्दर्भमा हामी कुनै गठबन्धन बनाएर चुनाव लड्दैनौँ’ उहाँले भन्नुभयो । अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरका र भए पनि चुनाव भने दुवै पार्टी अलग अलग लड्ने उहाँले स्पष्ट पार्नुभयो । ‘चुनाव आ–आफ्नो हिसाबले लड्छौँ’ उहाँले भन्नुभयो ।

राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि मात्र एमाले र कांग्रेस एक ठाउँमा उभिनु परेको उहाँले बताउनुभयो । यो भूमिका निर्वाह गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिएको र उभिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुङ्गो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो ।

बैठकले काठमाडौँमा उपनिर्वाचन लड्ने उम्मेदवारको पनि टुङ्गो लगाएको छ । जसअनुसार कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend