• Saturday 25th July 2026

स्थानीय तह उपनिर्वाचन: ४१ पदका लागि मतदान हुँदै

स्थानीय तह उपनिर्वाचन: ४१ पदका लागि मतदान हुँदै

मंसिर १६ गते ३३ जिल्लामा रिक्त रहेका स्थानीय तहका ४४ पद मध्ये ४१ पदकाका लागि मतदान हुँदै


  • लुम्बिनी रिभ्यू

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ।

मौन अवधिको समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। मौन अवधिमा प्रचारप्रसारको काम गरेमा उम्मेदवारी खारेज समेत हुनसक्ने कानुनी व्यवस्था छ।

मंसिर १६ गते ३३ जिल्लामा रिक्त रहेका स्थानीय तहका ४४ पद मध्ये ४१ पदकाका लागि मतदान हुँदै छ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३४ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend