• Saturday 25th July 2026

पुलिसलाई हराउदै आर्मी विजयी

पुलिसलाई हराउदै आर्मी विजयी


  • लुम्बिनी रिभ्यू

बुटवल, विभागिय टिम त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ।
अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीले जीतसँगै नगद ७ लाख रुपैयाँ शील्ड र ट्रफी प्राप्त गरेको छ ।

 

प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो रनरअपमा चित्त बुझाएको छ । पुलिसले ३ लाख ५० हजार रुपैयाँ नगदसहित शील्ड प्राप्त गरेको छ । प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तृतीय भएको छ । भारतीय गुजरात स्टेट भलिबल क्लबले डिफल्ट गरेपछि मणिमुकुन्द तृतीय स्थान पाएको हो । तृतीय भएसँगै मणिमुकुन्दले एक लाख ७५ हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा भारतीय गुजरात स्टेट भलिबल क्लबले १ लाख रुपैयाँ नगदसहितको सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
त्रिभुवन आर्मीका दानबहादुर भट्ट क्षेत्री उत्कृष्ठ खेलाडी बने । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । बेष्ट कोच त्रिभुवन आर्मीका लोकबहादुर बुढा बेष्ट लिबेरो त्रिभुवन आर्मीकै इश्वर थापा र बेष्ट सेटर समेत त्रिभुवन आर्मीकै दुर्गाप्रसाद महतो भए । यस्तै नेपाल पुलिस क्लबबाट बेष्ट आउट साइडर सन्जु विक्रम शाह, बेष्ट अपोजिट प्लेयर रविन चन्द र बेष्ट मिडल बलर रविन नगरकोटी भए ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप आयोजना गरेको थियो । पुस १७ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टिमको सहभागिता थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend