काठमाडौँ l खेलकुदबाट अनेक ऐतिहासिक र मैत्रीपूर्ण सम्वन्ध स्थापित हुन्छ । पछिल्लाे उदाहरण हाे- नेपालस्थित पाकिस्तान राजदूतावासको आयोजनामा ‘पाकिस्तान–नेपालमैत्री टी–२० क्रिकेट प्रतियोगिता।
याे शनिबारबाट सुरू भएको छ। पाकिस्तानी दूतावासको आयोजनामा प्रतियोगिताको दशौँ संस्करण सुरू भएको हो।
नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच.हाश्मीले क्रिकेट केवल खेलमात्र नभइ जनतालाई जोड्ने माध्यमसेत भएको बताए ।

९ दिनसम्म चल्ने प्रतियोगितामा १२ क्लबस्तरीय क्रिकेट टोली सहभागी छन्। मैत्रिपूर्ण खेल १६ फेब्रअरीमा सम्पन्न हुने दूतावासले जनाएको छ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य सुवर्णा श्रेष्ठले हरेक वर्ष यो कार्यक्रमको सफलतापूर्वक आयोजना गरेकोमा पाकिस्तान दूतावासको प्रशंसा गरिन्।
यस अवसरमा राजदूत हाश्मीले नेपाल–पाकिस्तान युवा परिषद्को उद्घाटन गरेका थिए।
त्यस्तै पाकिस्तान सुटिङ बल टोलीलाई स्वागत गर्दै हालसालै काठमाडौँमा सम्पन्न एसियन सुटिङ बल च्याम्पियनसिपमा उपविजेता बनेकोमा बधाई दिए।
उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैद्य, पूर्वउपप्रधानमन्त्री सीपी मैनाली, नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डे, डेनमार्ककका लागि नेपालका पूर्वराजदूत युवानाथ लम्साल, नेपाल–पाकिस्तानमैत्री तथा सांस्कृतिक संघका अध्यक्ष डा.मञ्जुरत्न शाक्यलगायतका उपस्थिति रहेको थियो
याे खेल निरन्तर जारी छ ।

लुम्बिनी रिभ्यू