• Saturday 25th July 2026

उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरका प्रमुख आचार्यको उपचार जारी

उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरका प्रमुख आचार्यको उपचार जारी

उच्च निगरानीमा उपचार आवश्यक : अस्पताल


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको अनुहार जलनको उपचार जारी छ ।

कीर्तिपुर अस्पतालले उहाँहरूलाई उपचारका लागि उच्च निगरानीमा राख्नुपर्ने बताएको छ।

अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रारम्भिक मूल्याङ्कनमा उहाँहरूको अनुहार ५–६ प्रतिशत जलेकाले उच्च निगरानीमा उपचार आवश्यक रहेको बताएको हो।

अस्पतालका निर्देशक किरण किशोर नकर्मीले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूको प्रारम्भिक मूल्याङ्कन अनुसार ५-६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ।’

उहाँहरूको उपचारमा डा. बिडी झा, डा. प्रवीण गिरी, प्रा.डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव, डा. प्रयुस अर्यालसँगै नर्सिङतर्फ रिना गौचन, निर्मला कुँवर, तृष्ण महर्जन संलग्न हुनुहुन्छ।

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा बेलुन पड्किएर घाइते बन्नुभएका मन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा ल्याइएको हो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend