नेपाल–पाकिस्तान मैत्री टी २० क्रिकेट प्रतियोगितामा हिमालयन क्रिकेट एकेडेमी विजयी
काठमाडौ । नेपालका लागि पाकिस्तानी राजदूतावास काठमाडौंले आयोजना गरेको नेपाल–पाकिस्तान मैत्री टी २० क्रिकेट प्रतियोगिता २०२५ मा हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ ।
१० औं श्रृंखलाको प्रतियोगितामा एन्जल्स स्पोर्टस एकेडेमी उपविजेता भएको छ । विजेता र उपविजेता टिमलाई आज आयोजित विशेष समारोहमा ट्रफी र पुरस्कार प्रदान गरिएको छ ।
माघ २६ गतेदेखि सञ्चालित प्रतियोगितामा १२ टिम सहभागी थिए । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यकाे प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पुरस्कृत टोलीलाई ट्रफि र पुरस्कार प्रदान गरिएको पाकिस्तानी दूतावासले जनाएको छ । कार्यक्रममा सहभागी विशेष अतिथिहरुले उत्कृष्ट खेलाडी र अफिसियलहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
विशेष अतिथिको रुपमा नेपालका लागि चीनका राजदूत छन सोङ, इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलेग्बालीलगायत झण्डै एक दर्जन पाहुना समारोहमा उपस्थित रहेको बताइन्छ । पाकिस्तानी दूतावासका अधिकारी, उनीहरुका परिवार, काठमाडौंमा रहेको पाकिस्तानी समुदायको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राजदूत अब्रार एच हास्मिीले यस्ता प्रतियोगिताले दुई मुलुकका युवाहरुलाई एकताबद्ध र भाइचारा सम्बन्ध कायम राख्न सहयोग पुग्ने धारणा राख्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख अतिथि आचार्यले खेलकुदले अन्य पक्षसंगै कुटनैतिक सम्बन्ध विस्तार र सुदृढीकरणमा उच्च याेगदान पुर्याउने चर्चा गर्नुभयाे ।
प्रतियोगिता सञ्चालनमा हिमालयन बैंक र ग्लोबल आईएमई बैंकको सहयोग थियो ।
हेर्नुस् तस्बिरहरू


लुम्बिनी रिभ्यू