• Saturday 25th July 2026

मदन भण्डारी मेमोरियल कजेल विशेष खेल अभियानमा, खेल अतिरिक्त हैन अनिवार्य : आचार्य

मदन भण्डारी मेमोरियल कजेल विशेष खेल अभियानमा, खेल अतिरिक्त हैन अनिवार्य : आचार्य


  • लुम्बिनी रिभ्यू

काठमाण्डौं ।  खेलकुलबाट शिक्षा , स्वास्थ्यसंगै समग्र सम्बृद्धि हासिलका लागि मदन भण्डारी मेमोरियल कजेलले विशेष खेल अभियान सुरू गरेकाे छ ।

त्यसका लागि कलेजले खेल सप्ताह आयाेजना गरेकाे छ ।

खेल सप्ताहकाे  उद्घाटन गर्दै राष्टिय खेलकुद परिषद्का उपाध्यक्ष धुब्र आचार्यले खेलकुदलाई उतिरिक्त क्रियाकलापकाे सट्टा अनिवार्य बनाउन सबै सकृय हुनु पर्ने बताउनुभयो ।

उहाँले खेलकुदका कार्यक्रमले आर्थिक, सामाजिक, राजनैतिक, नैतिक सबै क्षेत्रमा प्रभाव पार्ने भएकाले खेलकुदलाई सीमित परिभाषामा राख्न नहुने बताउनु भयो ।
कलेज व्यवस्थापन समितीका कार्यवहाक रामशरण प्याकुरेलले सबै सहभागीलाई शुभकामना दिदैं खेलकुदले अनुशासित हुन सिकाउने बताउनु भयाे ।
कलेज प्रमुख डा. बाबुराम अधिकारीले खेलकुदका माध्यमबाट विद्यार्थीहरुलाई शारीरिक र मानसिक स्वास्थ्य दुवैमा सक्रिय रहन प्रोत्साहित गर्ने र वार्षिक क्यालेन्डरअनुसार नियमित कार्यक्रहरु सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले विद्यार्थीहरुको विभिन्न प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यका साथ खेलकुद कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । जिल्लास्तरीय, प्रादेशीक, राष्ट्रिय एवम् अन्तराष्ट्रियस्तरमै खेलाडीकारुपमा उदीयामान भई कलेजको उच्च शान कायम राख्न पनि उहाँले शुभकामना दिनुभयो ।

विद्यार्थीहरुलाई पठनपाठनमा बाहेक अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने उद्धेश्यले प्रतियोगीताको आयोजना गरिएको अतिरिक्त क्रियाकलापका संयोजक मोहित गुँरागाईले बताउनुभयो ।

सबै प्रतिस्पर्धी विद्यार्थीलाई मन लगाएर उत्साहका साथ खेल्न उहाँले आग्रह पनि गर्नुभयो । उहाका अनुसार फुटबल र त्रिकेट किर्तिपुर स्थिच ल्याब्रोटोरी स्कुलमा आयोजना हुनेछन भने अन्य खेलहरु कलेजमा नै हुनेछन ।

कार्यक्रममा एसियन फुटबल महासंघका उपाध्यक्ष  सरिला श्रेष्ठ, मदन  भण्डारी स्पाेट्स एकेडेमीका सल्लाहकार दीपक ज्ञवाली,  क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु, शिक्षक शिक्षिका, कर्मचारी लगायतकाे सपस्थिती रहेको थियो ।

चार दिन चल्ने प्रतियोगीता समूहगत, व्यक्तिगत र इ–स्पोर्टसगरी तीनवटा विधामा आयोजना हुनेछन् । समूहगततर्फ बास्केटबल, फुटसल, ब्याटमिन्टन, टेबलटेनिस, टग अफ वार र भलिबल हुनेछ । व्यक्तिगत विधातर्फ ब्याटमिन्टन, क्यारम बोर्ड, चेस, म्याथ क्वीज रेस, म्यूजिकल चेयर, स्लो बाइसाइकल रेस र टेबलटेनिस समावेश गरिएका छन् । त्यसैगरी इ–स्पोर्टसमा क्लास रोयल र इ फुटबल समावेश छन ।

खेलकुद सप्ताहको अवसरमा आज कलेजले ५००० मिटर महिला र पुरुष दौड प्रतिष्पर्धा आयोजना गरेको थियो । उक्त प्रतिष्पर्धामा पहिलो, दोश्रो र तेश्रो क्रमश, महिला तर्फ सिता गुरुङ, सर्मिला बस्नेत, गायत्री श्रेष्ठ र पुरुष तर्फ गणेश सिह रावत, पवन तामाङ, पवन कुमार शाह, हुनुभयो । विजेताहरुलाई ट्रफि, मेडल, सर्टिफिकेट र नगद दशहजार, पाच हजार र तिनहजार प्रधान गरिएको थियो । कार्यक्रममा स्काउटले मार्च पास समेत गरेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend