• Saturday 25th July 2026

के के भयाे ओली र मोदीबिचको भेटवार्तामा ?

के के भयाे ओली र मोदीबिचको भेटवार्तामा ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताउनुभएको छ।

बिहीबार बैंककमा भएको भेटवार्तापछि ट्वीट (एक्स)मा लेख्नुहुँदै ओलीले यस्तो बताउनुभएको हो। मोदीसँग आत्मीय र सौहार्दपूर्ण भेट भएको उहाँको भनाइ छ। ओलीले आत्मीय भेटवार्ताप्रति खुसी व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले एक्समा लेख्नुभएको छ, ‘‘मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु।’’

थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरूबिच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो।

यसअघि उहाँहहरूबिच संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो। यता प्रधानमन्त्री ओलीसँगको भेटपछि भारतका प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend