काठमाडौ । मदन भण्डारी स्पाेर्टस् एकेडेमी टेवलटेनिस विभागकाे आयाेजनामा दाेस्राे जुनियर तथा मास्टर्स राष्ट्रिय टेवलटेनिस प्रतियाेगिता सुरू भएकाे छ ।

प्रतियाेगिताकाे उद्घाटन गर्दै नेकपा एमालेका सचिव, पुुर्वमन्त्री तथा सांसद छबिलाल विश्वकर्माले खेलकुदले हरेक क्षेत्रमा अनेक सकारात्मक प्रतिफल ल्याउने बताउनुभयाे ।
खेलकुदका माध्ययमबाट सम्बृद्दीकाे सपना पूरा गर्न महत्त्वपूर्ण याेगदान पुग्ने उहाँले विश्वास गर्नु भयाे ।
अर्काे एक प्रसंगमा उहाँले दसाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता समयमै ब्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षविच थप समन्वय र प्रभावकारी पहल जरूरी रहेकाे बताउनुभयाे ।

काठमाडौंमा साेमबारदेखि सुरू भएकाे प्रतियाेगिता चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।
विभिन्न सातवटा ईभेन्टमध्ये पहिलाे दिन १९ बर्षमुनिका छात्र, छात्रा तथा १५ बर्षमुनिका छात्र, छात्राहरूका सिंगल लिग चरण सुरू भए ।
त्यस्तै भेट्रान्स (६० बर्ष) खेलमा रञ्जन सुब्बा र शेखर श्रेष्ठ पाईनलमा प्रवेश गरे ।
एकेडेमीकाे टेवलटेनिस विभाग प्रमुख धर्ममान बज्राचार्यकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा एकेडेमीका उपमहासचिव तथा राखेप कार्यकारी सुवर्णा श्रेष्ठ, भलिवल विभाग प्रमुख निलम बज्रचार्य लगायतले बाेल्नु भएकाे थियाे ।

लुम्बिनी रिभ्यू