काठमाडाै । नेपाल शिक्षक महासङ्घको अगुवाइमा निरन्तर चल्दै आएको आन्दोलनमा १९ जना शिक्षक घाइते भएका छन्।
आन्दोलनकर्मीले बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्न खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार १९ जना शिक्षकसहित पाँच जना प्रहरी र एक पत्रकार सबिना कार्की घाइते हुनुभएको छ।
निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि फोर्स प्रयोग भएको प्रहरीले जनाएकाे छ ।

लुम्बिनी रिभ्यू