• Saturday 25th July 2026

जव उनीहरूले काठमाडाैका सडक ढाके (फाेटाे फिचर)

जव उनीहरूले काठमाडाैका सडक ढाके (फाेटाे फिचर)


  • लुम्बिनी रिभ्यू

काठमाडौमा मदन भण्डारी रोड रेस च्याम्पियनशिप २०८२ सम्पन्न

काठमाडौ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा काठमाडौमा बृहद् रोड रेस प्रतिगोगिता सम्पन्न भएको छ । मदन भण्डारी रोड रेस च्याम्पियनशिप २०८२ नामको यो प्रतियोगितामा सात हजारभन्दा बढि जनाले भाग लिएका थिए ।

प्रतियोगिताका १० किलोमिटर खुल्ला दौडको पुरुषतर्फ मुकेश पाल प्रथम, राजन रोकाय दोश्रो र शुशिल साही तृतीय भए । १० किलो मिटरकै महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, निर्मल केसी दोश्रो र सिर्जना पाण्डे तेश्रो भए । त्यस्तै १८ बर्षमुनिको ५ किलोमिटर दौडको छात्रतर्फ बादल कार्की प्रथम, कृष्ण परियार दोश्रो र अमृत बिश्वकर्मा तेश्रो भए । ५ किलोमिटरकै छात्रातर्फ अस्मिता भुजेल प्रथम, भगवती खड्का दोश्रो र शर्मिला बिक तेश्रो भए ।
बिजयीमध्ये खुल्लातर्फ प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः ५०, ३०, २० हजार तथा १८ बर्षमुनितर्फ प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः २०, १५, १० हजार रुपैया नगद, शिल्ड र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । खुल्लातर्फ उत्कृष्ट पाँच र १८ बर्षमुनिकातर्फ उत्कृष्ट दशलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।

 
दशरथ रंगशालाबाट सुरु भएको दौड राजधानीका विभिन्न भाग परिक्रमा गरी रंगशालामै पुगेर समापन भएको थियो ।
प्रतियोगिता समारोहलाई संवोधन गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको बिकासले सबै पक्षमा सकारात्मक योगदान पुग्ने बताउनु भयो ।
कार्यक्रममा एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य, कार्यक्रम संयोजक तथा एकेडेमीका बागमती अध्यक्ष राम केसी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा नेपाल एथलेटिकक्स संघका संयोजक राजिब बिक्रम शाह, एकेडेमीका उपमहासचिब सुवर्ण श्रेष्ठ, सचिव कृष्ण तिमिल्सिना, राखेपका बोर्ड सदस्य जगत धामी, प्याप्सन काठमाडौका अध्यक्ष नवराज भट्ट लगायतले बोल्नुभएको थियो ।
एकेडेमीका अध्यक्ष आचार्यका अनुसार एकेडेमीद्धारा सञ्चालित रोड रेसको यो तेश्रो संस्करण हो । लगत्तै हरेक प्रदेशमा यस्तै प्रतियोगिता आयोजना हुँदैछन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend