काठमाण्डौ । बर्षेनी बाढी र डुवानबाट क्षति भईरहने ललितपुरको च्यासलवरिपरीका बस्ती तथा संरचनाहरु जोगाउनका लागि नेकपा (एमाले) केन्द्रीय विपद ब्यवस्थापन तथा स्वयम्सेवा विभागले पूर्व तयारी अन्तरक्रिया सम्पन्न गरेको छ ।
मनोहरा खोला र बागमतीमा आउने बाढीका कारण पार्टी केन्द्रीय कार्यलय रहेको च्यासल वरिपरीका बस्तीहरु, पार्टी कार्यलय र अन्य भौतिक संरचनाहरु बर्षेनी डुबानमा पर्दा ठूलो क्षति हुने गरेको छ । आगामी दिनहरुमा त्यस्तो क्षतिबाट जोगिने उपायहरुको खोजी गर्न यस्तो अन्तरक्रिया आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा (एमाले)का महासचिब शंकर पोखरेलले पानीको निकाश हुने गरी बस्ती, कार्यलय र अन्य संरचनाहरु सुरक्षित गर्न तात्कालिन र दीर्घकालिन उपायहरु अपनाउन जरुरी रहेको बताउनुभयो । यस बर्ष गतबर्षभन्दा पनि बढि बर्षा हुने पुर्वअनुमान भएको बताउदै उहाँले सडक र रंगशाला जोगाउदै स्थानीयस्तरमा पुननिर्माण गर्नु पर्ने बताउनुभयो ।
आवास तथा भौतिक योजना मन्त्री देबेन्द्र दाहालले सुरक्षा प्रबन्धका लागि मन्त्रालयबाट प्राबिधिक तथा अन्य सहयोग हुने बताउनुभयो ।
बिभागका प्रमुख खिमलाल भट्राईले स्थानीय जनसरोकारलाई सम्बोधन गर्दै आगामी दिनमा कुनै क्षति नहुने उपायको खोजी गर्न यस्तो कार्यक्रम गरिएको जानकारी गराउनुभयो ।
आवास तथा भौतिक योजना मन्त्रालयका सचिब केशव शर्माले गत बर्षको क्षतिबारे कार्यदल बनाएर प्रतिबेदन तयार भएको उल्लेख गर्दै कार्यक्रममा प्राप्त सुझाब र सल्लाह बमोजिम अघि बढिने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका बिभिन्न नेताहरुसंगै सडक, पुल, बागमती सभ्यता लगायत सरोकारवाला निकायका अधिकारी तथा ईञ्जिनियरहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी रिभ्यू