• Saturday 25th July 2026

प्रधानमन्त्रीकाे आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल

प्रधानमन्त्रीकाे आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। संसदमा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीका महासचिव देव गुरूङ, प्रमुख सचेतक हितराज पाण्डेलगायत हुनुहुन्छ ।

बैठकमा आव २०८२/८३ को बजेट प्रस्तुत र भिजिट भिसा  प्रकरण पछि उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिइएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend