नम्रता अर्याल
सामान्यतः जन्मदेखि १८ वर्ष उमेरसमुह लाई बालबालिका भनिन्छ । जसको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक, भावनात्मक विकास क्रमिक रूपमा भइरहेका हुन्छन् । उनीहरू कोमल, संवेदनशील र सिक्ने अवस्थामा रहेका हुन्छन ्। बालबालिका नै भविष्यका नागरिक, राष्ट्रका कर्णधार हुन् । समग्र राष्ट्रको विकासमा बालबालिकाको भूमिका बलियो बनाउन सरकार वर्तमान अवस्था प्रति संवेदनशिल हुन आवश्यक छ । पछिल्लो समय बालबालिकाको मानसपटलमा राष्ट्र प्रति बितृष्णा बड्दै गइरहेको छ ।आफु हुर्किदै गर्दा सुन्दर भविष्य प्रति देखेको सपना साकार हुँदैन कि भन्ने अन्यौल बालबालिकाको निर्दोष आँखामा देख्न सकिन्छ । सरकारलाई सोध्ने प्रश्नहरुको चाँग छ बालबालिका संग । मुलुक संघियतामा गए संगै घर घरमा सिंह दरबार भनेर नारा लगाइन्छ । ति सिंह दरबारमा जनताले नै चुनेर जनप्रतिनिधि पठाएका छन् । ति जनप्रतिनिधि संग पोख्नु पर्ने गुनासा र जिज्ञासा धेरै छ ,बालबालिका संग । तर त्यति सजिलै बालबालिकाले आफ्ना प्रश्न राख्ने बाताबरण पाउँदैनन् । तर यस पटक भने लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीले यो अवसर जुटाईदिएको छ । राज्य टेलिभिज संगको सहकार्यमा ‘जनप्रतिनिधि संग बालबालिका’ नामक कार्यक्रम ल्याएको छ । जस अन्तर्गत रहेर बालबालिकाले प्रत्यक्ष रुपमा आफ्ना प्रश्न जनप्रतिनिधि संग राख्ने छन् । आफ्नो विद्यालय कस्तो हेर्न चाहान्छन्,कस्ता शिक्षक र कस्तो किसिमका सेवा सुविधामा पढ्न चाहान्छन् , विद्यालय वरिपरिको वाताबरण कस्तो चाहान्छन् र आफ्नो सुन्दर भविष्यको लागि सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ,त्यस्ता किसिमका प्रश्न तथा जिज्ञासा प्रत्यक्ष रुपमा राख्ने अवसर प्राप्त गर्नेछन् ।
कार्यक्रमको पहिलो अंकमा जनप्रतिनिधिको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशका महिला बालबालिका तथा ज्येष्ठ नागरिक पूर्व मन्त्री मा.भगवती अधिकारी र सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हिरा बहादुर बिष्ठ जनप्रतिनिधिको रुपमा उपस्थिती हुनु भएको थियो । कार्यक्रमका , कान्ति माध्यमिक विद्यालय,नविन औधोगिक विद्यालय , कालिका मानवज्ञान मा.वि ,लुम्बिनी बौद्ध विश्व बिद्याय र विभिन्न नगर बाल सञ्जालको पदाधिकारीरुको सभागिता रहेको थियो । एक घण्टाको कार्यक्रममा प्रश्नहरु रोकिएका थिएनन् । बिद्यालयको भौतक संरचना,पुस्तकालय,विज्ञान प्रयोगशाला इन्टरनेट तथा डिजिटल सिकाईको बारेमा प्रश्नहरु सोधेका थिए । बर्षैा देखि विद्यालय ब्यवस्थापन समिति विना सञ्चालित बिद्यालयको बारेमा जानकारी गराएका थिए । भविष्यको निर्धारण गर्ने उमेरका बालबालिकाले देशमा बसेर सपना पुरा गर्न सकिन्छ कि सकिँदैन भनेर मा.सामु प्रश्न गरिेरहेका थिए । प्रश्नरुको जवाफ दिँदै मा.लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री मा.भगवति अधिकारीले समस्या समाधान गर्न नितिगत रुपमा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हिरा बादुर विष्ठले बालबालिकाको चेतनास्तर बृद्धि गर्नको लागि यस्ता किसिमको कार्यक्रमलाइ निरन्तरता दिने बताउनु भयो । बुटवलका बालबालिका संगै तिलोत्तम ,मायाँदेवी गाउँपालिका र कपिलबस्तुका बालबालिका संग यो कार्यक्रम अन्तरर्गत रहेर कुराकानी गरिएको थियो । तिलोत्तमा नगरपालिका वडा नं १३ को कार्यालयमा बिद्यार्थी र बिभिन्न बाल सञ्जालका बालबालिकाले प्रश्नरु राखेका थिए । जहाँ सेनेटरी प्याडको गुणस्तर,दिवा खाजा,विद्यालय वरिपरिको बाताबारण , विद्यार्थीलाई विदेश जान बाट कसरी रोक्दै छ लगाउतको बिषमा प्रश्न गरेका थिए । कार्यक्रममा बालबालिकाहरुले लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशका महिला बालबालिका तथा ज्येष्ठ नागरिक पूर्व मन्त्री मा.भगवती अधिकारी र वडा नं १३ का वडा अध्यक्ष नारायण ढकाल समक्ष आफ्ना जिज्ञासा तथा प्रश्नहरु राखेका थिए ।
रुपन्देहीको जिल्लाको मात्र नभएर समग्र मुलुकको नमुना विद्यालयको रुपमा चिनिन्छ ,तिलोत्तमा नगरपालिकामा रहेको शान्ती नमुना माध्यमिक विद्यालय । जुन विद्यालय बास्तवमै नमुना छ ।
यो विद्यालयमा केवल शा· बालबालिकाले मात्र पढ्दैनन् शारिरि अपा·ता भएका विद्यार्थीले समेत पढ्दै आएका छन् । यस विद्यालयमा ४२ जना दृष्टिबिहिन ,१३ जना श्रवणदृष्टि,अटिजम भएका २४ जना र अन्य शारिरिक अपा·ता भएका १० जना विद्यार्थीले यहाँ पढ्दै आएकाछन् । दिपक कहाँर यसै विद्यालयका विद्यार्थी हुन् उनी न त आँखाले देख्छन्,न त कानले सुन्नछन् न त बोल्न सक्छन् । तर पनि उनि अन्य जस्तै नियमित विद्यालय आउँछन् पढछन् । उनलाइ पनि आफ्ना गुनासा जनप्रतिनिधि संग राख्ने रहर थियो ,जुन रहर सामाजिक विकास डिभिजन कार्यालयले पुरा गरेको छ । विद्यालयमा एक जना सहयोगी संग स्पर्शको आधारमा कुरा गर्छन तर घरमा यो भाषा जानेको कोहि नहुँदा आफुलाई समस्या हुँदा समेत भन्न नसकिने उनले गुनासो पोखे । उनको प्रश्न थियो अपा·ता भएका बालबालिकाको घरका सदस्यलाई समेत भाषा सिकाउने ब्यवस्था सरकारले मिलाओस् । जनप्रतिनिधि संग बालबालिका कार्यक्रममा अपा·ता मैत्री विद्यालयको लागि धेरै प्रश्न जनप्रतिनिधि समक्ष राखेका थिए । विद्यालयले आफ्नो पहलमा राम्रो प्रयास गरेपनि त्यो यथेष्ठ नभएको विद्यार्थीहरुले बताएका थिए । नजिकको स्थानिय तह हुँदा हुँदै पनि खासै वास्ता नगरेको गुनासो गरेका थिए । कार्यक्रममा विद्यार्थीरुले शैक्षिक सामाग्री जस्तै गणित विषयको लागि आवश्य पर्ने,त्यस्ता खालका शैक्षिक सामाग्रीको अभाभ,धेरै ठाउँमा अपा·तामैत्री विद्यालय नुहुँदा धेरै बालबालिका परिवार छोडेर आएको ,यस विद्यालयमा अध्ययन गर्नको लागि रुपन्देही जिल्लाको १० वटै पालिका बाट आउँछन् ,तर उनीरुलाई यातायातको सुविधा छैन । भाषाको समस्याले गर्दा विद्यालय देखि बाहिर आफ्ना कुरा राख्न समस्या हुने गरेका बताएका थिए ।यो संगै विद्यायलमा शिक्षकको अभाभको बिषयमा पनि प्रश्न गरेका थिए । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक कुल प्रसाद लामिछानेले अपा·ता भएका बालबालिकालाई पढाउँदा हुने गरेको चुनौती बारे लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशका महिला बालबालिका तथा ज्येष्ठ नागरिक पूर्व मन्त्री मा.भगवती अधिकारी समक्ष राख्नुभएको थियो ।यो कार्यक्रम रुपन्देहीको मर्चवार क्षेत्र नजिकै पर्ने श्री गैरगट्टि राम दुलारे मा.वि. मा गरिएको थियो । यो क्षेत्र अन्य पालिकाको तुलनामा सामाजिक,आर्थिक,भौतिक तथा मानविय विकासमा तुलनात्मक रुपमा पछाडी छ ।
यो क्षेत्रमा बाल विवाह ,बाल श्र्रम र बाल शोषणको घटना अझै देख्न सकिन्छ । यहाँका विद्यार्थीहरुले पनि आफ्नो नेता कस्तो चाहान्छन् भन्ने प्रश्नमा धेरै विद्यार्थीहरु बोलेका थिए । समाजमा अझै पनि छोरा छोरी विच विभेद हुन्छ , छोरीहरुलाई विचमै पढाई छोड्नुपर्ने लगायतको प्रश्नहरुको समाधानको पाटो लुम्बिनी प्रदेशमा पूर्व भौतिक विकास मन्त्री तथा पूर्व गृह मन्त्री मा.सन्तोष कुमार पाण्डेय समक्ष राखेका थिए । यसै क्षेत्र बाट चुनाव जितेका उनले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पनि काम गर्दै जाने बताएका छन् ।कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रदेशका महिला बालबालिका तथा ज्येष्ठ नागरिक पूर्व मन्त्री मा.भगवती अधिकारी , वडा अध्यक्ष,विद्यायका प्रधानाध्यापक,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा अन्य नागरिक अगुवा समक्ष प्रश्न गरेका थिए । कपिलबस्तु जिल्ला पनि बाल विवाहको जोखिममा रहेको जिल्ला हो । बाल विवाह पश्चात शारिरिक संगै मानसिक समस्या निम्तिन्छ,अनि बालबालिकाको पढ्न पाउने हक विचमै छोडिन्छ जस्ले गर्दा बालबालिकाको भविष्यमा नै खतरा पर्न जान्छ । कार्यक्रममा कपिलबस्तुका बालबालिकाले यस्तै खालका प्रश्न गरेका छन् । यो संगै लुम्बिनी प्रदेश स्वास्थ्य का हिसाबले पनि केहि पछाडी छ । मातृमृत्युदर ,बालमृत्युदर र कुपोषण लगायतका समस्या पनि यहाँ रहेका छन् जस बारे पनि बालबालिकाले प्रश्न गरेका छन् । लुम्बिनी प्रदेशमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना संग आफ्ना प्रश्न राखेका थिए । समग्रमा विद्यालयको भौतिक संरचना ,शिक्षक अभाव,शैक्षिक सामाग्री अभाव,गुणस्तरिय शिक्षा ,स्वास्थ्य,विद्यालय वरिपरिको बाताबरण ,रोजगारका सम्भावना , बालअधिकार र संरक्षणसँग सम्बन्धित प्रश्नहरू, सहभागिता र नेतृत्व विकाससँग सम्बन्धित प्रश्नहरू उठेका थिए । भविष्य र सीप विकास सम्बन्धी प्रश्नहरू, विद्यालयमा पोषणयुक्त खाजा , शिक्षामा पहुँच लगायतका विषयमा प्रश्न तथा जिज्ञासा रखेका थिए । बालबालिका भनेका काँचो माटो हुन् उनिहरुलाई जस्तो वाताबरणमा हुर्कायो त्यस्तै बन्छन् । बर्तमानको जग बलियो भने मात्रै भविष्यका कर्णधार बन्न सक्छन् । यसको लागि सबै जनप्रतिनिधि संवेदनशिल हुनुपर्छ । यसको लागि सरकारले ब्यवहारिक रुपमा काम गर्न आवश्यक छ ।
बाल क्लबलाई बजेट र कार्यक्रम सञ्चालनका लागि के सहयोग गर्न सकिन्छ । विद्यार्थीले नगरको नीति निर्माण प्रक्रियामा सहभागी गराउन सकिन्छ । वातावरणीय शिक्षा मात्र होइन, वातावरणमैत्री अभ्यासका लागि कदम चाल्न सकिन्छ । बालबालिकाको वर्तमान अवस्था सशक्त, सुरक्षित र सम्भावनायुक्त हुन आवश्यक छ । यसको लागि सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्छ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुनु आवश्यक छ । सन्तुलित आहार र पर्याप्त पोषणयुक्त खाना उपलब्ध हुनुपर्छ । शोषण, हिंसा, बालश्रम र बालविवाहबाट मुक्त वातावरणमा हुर्किन पाउनुपर्छ । आफ्ना विचार राख्न, निर्णय प्रक्रियामा आवाज उठाउन सक्ने वातावरण हुनुपर्छ ।बालमैत्री पाठ्यक्रम र सिकाइ वातावरण विकास गर्नुपर्छ
बालसुरक्षा प्रणाली बलियो बनाउन आवश्यक छ । बालश्रम, बालविवाह, मानव बेचबिखन रोक्न कडा कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्छ । गरिब, विपन्न र अपांगता भएका बालबालिकालाई विशेष सुविधा र संरक्षण दिनुपर्छ । बाल संसद, बाल क्लब र विद्यालय स्तरीय छलफल मार्फत बालबालिकालाई आफ्नो आवाज उठाउने अवसर दिनुपर्छ । बालबालिका सुरक्षित, शिक्षित, स्वस्थ र आत्मविश्वासी भए मात्र समृद्ध राष्ट्रको सपना साकार हुन सक्छ । तसर्थ, सरकार र समाजले मिलेर बालमैत्री नीतिहरू लागू गर्नु आवश्यक छ, ताकि आजका बालबालिका भोलिका सक्षम नागरिक बन्छन् ।

लुम्बिनी रिभ्यू