• Saturday 25th July 2026

बुटवलमा मल्टीमिडिया मोबाइल पत्रकारिता कार्यशाला

बुटवलमा मल्टीमिडिया मोबाइल पत्रकारिता कार्यशाला


  • लुम्बिनी रिभ्यू

बुटवल । पत्रकारहरुलाई डिजिटल प्रविधि र मल्टीमिडियाबारे सीप सिकाउन बुटवलमा आयोजना गरिएको मल्टीमिडिया मोबाइल पत्रकारिता कार्यशाला सकिएको छ ।
बुटवल उपमहानगरपालिका र सन्चारिका समुहको आयोजनामा ५ दिने मल्टिमिडिया मोबाइल कार्यशाला आयोजना गरिएको थियो ।

कार्यशालमा रुपन्देहीमा रहेर पत्रकारिता गरीरहेका २० जनाको सहभागिता रहेको थियो । कार्यशालामा सहभागी भएका संचारकर्मीहरुले मोबाइलबाट तस्वीर र भिडियो खिच्न एवं अडियो रेकर्डमा मोबाइलको प्रयोग कसरी गर्ने भन्ने विषयमा सिकेका थिए । कार्यशालामा सिएमआरका प्रशिक्षक नसना वज्राचार्यले मुख्य प्रशिक्षकको भूमिका निभाउनु भएके थियो। यस्तै फोटो पत्रकार मनोज पौडेलले फोटोग्राफी र अमृता अनमोलले भिडियोग्राफीबारे सिकाउनुभएको थियो ।

पछिल्लो समयमा सन्चार माध्ययममा प्रविधिको आकर्षण बढ्दो भएको र पत्रकार का लागि अति आवश्यक रहेको हुदा मल्टिमिडिया मोबाइल कार्यशालाको आयोजना गरिएको सन्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले बताउनुभयो । मोबाइलबाट तस्वीर र भिडियो खिच्न एवं अडियो रेकर्डमा मोबाइलको प्रयोग कसरी गर्ने भन्ने विषयमा तालिम केन्द्रित भएको थियो ।
कार्यशालामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नयाँ प्रविधि अनुसारको तालिम पत्रकारका लागि उपलब्ध गराएर सञ्चारमा सशक्त रुपमा काम गर्न सहज हुनेमा विस्वस्त रहेको बताउनुभयो । पाण्डेले कार्यशालामा सिकेका कुराहरू व्यवहारमा उतार्ने गरी सिक्न आग्रह गर्नुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend