गलत सूचनाको प्रवाह र सूचना प्रविधिको दुरुपयोगले समाजमा अनेक भ्रम फैलिने गरेका उदाहरणहरु प्रस्तुत गर्दै उपमहासचिव ज्ञवालीले नयाँ नयाँ सूचना प्रविधिलाई नयाँ ढंगले सही सदुपयोग गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
काठमाडौ । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले रुपान्तरणका लागि पठन संस्कृति बढाउन ‘अध्ययन र अनुभूति’ श्रृंखला सुरु गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यलय च्यासलबाट यस्तो श्रृंखला सुरु भएको हो ।
पहिलो श्रृंखलामा पार्टी उपमहासचिव तथा विभाग प्रमुख प्रदीप ज्ञवाली प्रस्तुत हुनुभयो । उहाँले ईजरायली लेखक युवाल नोहा हरारीको चर्चित पुस्तक नेक्ससको अध्ययनपछिका अनुभूति सुनाउनुभयो ।

सो अवसरमा उहाँले सूचनाको दुरुपयोग संसारकै लागि चुनौतिपूर्ण रहेको बताउनुभयो । सूचनाको दुरुपयोगले ब्यवस्था नै कमजोर हुने चर्चा गर्दै विभाग प्रमुख ज्ञवालीले सही र गलत सूचना छुट्याउन अध्ययन तथा तथ्य जाँच जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपालको सन्दर्भमा चर्चा गर्दै उहाँले मिडिया साक्षरता कमजोर रहेको बताउनुभयो । मिडिया साक्षरता बढाउँदा हरेक क्षेत्रमा सकारात्मक परिणाम हासिल हुने उहाँको धारणा छ ।
गलत सूचनाको प्रवाह र सूचना प्रविधिको दुरुपयोगले समाजमा अनेक भ्रम फैलिने गरेका उदाहरणहरु प्रस्तुत गर्दै उपमहासचिव ज्ञवालीले नयाँ नयाँ सूचना प्रविधिलाई नयाँ ढंगले सही सदुपयोग गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

अर्को एक प्रसंगमा उहाँले हरेक आन्दोलन र सन्दर्भमा अब्बल एमाले डिजिटल सूचना प्रणालीमा पनि अब्बल हुन आबश्यक रहेको औंल्याउनुभयो ।
साे अवसरमा पार्टीका कार्यबहाक अध्यक्ष ईश्वर पाेखरेल लगायत नेता, कार्यकर्ताहरूकाे उपस्थिती रहेकाे थियाे ।


उहाँले चर्चा गर्नुभएको पुस्तक नेक्सस २०२४ मा प्रकाशित भएको हो । ४८७ पृष्ठको यो पुस्तक विश्वका बढि बिक्री भएका पुस्तकमध्ये एक हो ।
विभागका सचिव घनश्याम कोइरालाका अनुसार विभागले हरेक महिना यसरी नै नयाँ र चर्चित पुस्तकहरुमाथि चर्चा गर्ने योजना बनाएको छ ।

आगामी श्रृंखलामा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रस्तुत हुनुहुने छ ।
पहिलो श्रृंखलाको सहजीकरण सिर्जना काफ्ले गर्नुभएको थियो ।

लुम्बिनी रिभ्यू