• Saturday 25th July 2026

एमाले विधान संशोधन प्रस्तावः ७० बर्ष उमेरहद र दुई कार्यकाल हटाइने, कमिटीका आकार घटाईने

एमाले विधान संशोधन प्रस्तावः ७० बर्ष उमेरहद र दुई कार्यकाल हटाइने, कमिटीका आकार घटाईने


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको ५४औं बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकमा लैजाने गरी अन्तिम रूप दिएको छ ।
पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्स्ताव प्रस्तुत गर्नुभएपछि त्यसमाथि सघन छलफल भएको थियो । छलफलपछि पार्टीमा ७० बर्ष उमेरहद र दुई कार्यकाल हटाइएको छ ।
बैठकले पार्टीको केन्द्रीय कमिटी २५१ सदस्यीय हुने र १५ जना पदाधिकारी रहेको स्थायी कमिटी विधानमा नयाँ व्यवस्था गरेको छ भने केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी पोलिटव्यूरोको व्यवस्था गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनुभयो ।
पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुईखालका सदस्यको व्यवस्था गरिएको छ ।
बैठकमा सरकारको एकबर्षको कामका सम्बन्धमा सङ्क्षिप्त छलफल भएको र सरकार सही दिशामा अगाडि बढिरहेको निष्कर्ष निकालेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend