• Saturday 25th July 2026

आक्रमणको निसानालाई एकताबद्ध भएर सामना: अध्यक्ष ओली

आक्रमणको निसानालाई एकताबद्ध भएर सामना: अध्यक्ष ओली


  • लुम्बिनी रिभ्यू

बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित समसामयिक विषयमा सम्वोधन गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगतरूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टीपङ्ति अझ एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय राजनीतिमा झुठ र अफवाह हावी भएकाले एमालेको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार (२८ प्रतिशत) ले वृद्धि भई संगठनात्मकरूपमा पार्टी बलियो भएकाले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्न पार्टीका नेताकार्यकर्ता निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले आफूलाई लागेको कुरा बैठकमा राख्न केन्द्रीय सदस्यहरूलाई आग्रह गर्दै विरोधी र अनेक तत्वहरूले एमालेमाथि झुठ र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गर्नुभयो ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संठगनात्मक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ती प्रस्ताव उपर केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी  छ ।

पहिलाे दिन गण्डकी, मधेस र सम्पर्क समन्वय कमिटीका तर्फबाट धारणा प्रस्तुत भए । भाेली थप प्रदेशबाट धारणा प्रस्तुत हुनेछन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend