• Saturday 25th July 2026

सहअस्थित्व सहकारीका सदस्यलाई मानसिक रोगबारे प्रशिक्षण

सहअस्थित्व सहकारीका सदस्यलाई मानसिक रोगबारे प्रशिक्षण

सहकारीका अध्यक्ष सावित्रा लुइटेलले सहकारीका सदस्यहरुलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न मनोरोग प्रशिक्षण आयोजना गरेको बताउनुभयो ।


  • लुम्बिनी रिभ्यू

बुटवल, पछिल्लो समय व्यक्ति व्यक्ति र घरघरमा मानसिक समस्या बढ्दै गएको छ । मानसिक समस्याको समयमा उपचार नहुदा पागलपन हुने र आत्महत्याका घटना हुने गरेका छन् । यही अवस्था हुन नदिन भन्दै बुटवलमा मानसिक स्वास्थयबारे महिलाहरुलाई प्रशिक्षण दिइएको छ ।
बुटवल १० को सहअस्थित्व वचत तथा ऋण सहकारी सस्थाले आफ्ना सदस्यहरुलाई बुधबार मनोरोग सम्बन्धी प्रशिक्षण दिएको हो । महिलाहरुमा मानसिक समस्या हुन नदिन र समस्या हुनेका लागि उपचारमा सघाउन कार्यक्रम आयोजना गरिएको हो ।


सहकारीका अध्यक्ष सावित्रा लुइटेलले सहकारीका सदस्यहरुलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न मनोरोग प्रशिक्षण आयोजना गरेको बताउनुभयो । उहाले मन दुख्ने, बेखुसी हुने, तनाव हुने , अनिद्रा जस्ता समस्या धेरैमा देखिने भन्दै यसलाई बढ्न नदिन पनि परामर्श सहितको कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
महिलाहरु मात्र सदस्य रहेको सहअस्थित्व सहकारीमा लुम्बिनी प्रादेशिक अस्पतालका मनोरोग विशेषज्ञ डाक्टर असिम रेग्मीले परामर्श सहितको प्रशिक्षण दिनुभएको थियो । जसमा मनोरोग के हो र यसको कसरी उपचार गर्ने भन्नेबारेमा जानाकारी गराउनुभएको थियो । प्रशिक्षणका क्रममा मानसिक रोग विशेषज्ञ डा रेग्मीले मन सबैको दुख्ने बताउदै मन दुख्दा नलुकाउन र सहज रुपमा उपचार गर्न सुझाब दिनुभयो । उहाले तनावको उत्पति, तनाब व्यवस्थापन, मन , मन व्यवस्थापन र मनोरोगबारे सिकाउनुभएको थियो । विशेषज्ञले मन स्वस्थ राख्नेबारे सिकाइरहदा उपस्थित महिलाहरुले चाख दिएर सुनेका थिए ।


मानसिक रोग विशेषज्ञहरुका अनुसार अनुसार मान्छे सबैको कथा हुन्छ । खुसी र प्रसन्नताभित्र पनि पीडा र बेथा हुन्छ । आहार, विहार, स्वभाव र व्यक्तित्वले मानिस मानसिक रुपमा स्वस्थ बन्न सकिन्छ । प्रशिक्षणमा सहभागीले मानसिक रुपमा स्वस्थ हुन आफूले पनि त्यसलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका थिए । सहकारी सदस्य सरीता नेपालले आफूले आफूलाई माया गर्ने र खुसी हुने तरिका अपनाउदा पनि धेरै मानसिक रोगबाट बच्न सकिने थाहा पाएको बताउनुभयो ।
सरकारी तथ्यांक अनुसार लुम्बिनी प्रदेशका १३ प्रतिशत नागरिकमा मानसिक स्वास्थ्य समस्या छ । यही साता लुम्बिनी प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीति सहितको पन्चवर्षिय कार्ययोजना ल्याएको छ । समूदायमा मानसिक समस्या बढीरहेकाले सहअस्थित्व वचत तथा ऋण सहकारी सस्थाले पनि मन खुसी राख्ने र मानसिक स्वास्थ्य कसरी राम्रो बनाउने भन्नेमा प्रशिक्षण र परामश गर्न आवश्यक ठानेको कार्यक्रम संयोजक अप्सरा पाण्डेले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रम लुम्बिनी प्रदेश सभाका सदस्य जानकी न्यौपानेकोे प्रमुख र बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा उपाध्यक्ष सिर्जना अर्यालले स्वागत गर्नुभएको भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपाने र विशिष्ठ अतिथि अर्यालले मानसिक स्वास्थ्यका लागि आफूले आफूलाई ध्यान दिन र खुसी राख्न अभ्यास गर्न आग्रह गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रमपछि सहकारी सदस्यहरुले तीज रमाइलो कार्यक्रम समेत गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend