• Friday 24th July 2026

इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवलद्वारा अनाथ आश्रममा शैक्षिक सामाग्री वितरण

इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवलद्वारा अनाथ आश्रममा शैक्षिक सामाग्री वितरण


  • लुम्बिनी रिभ्यू

अदिपसन ज्ञवाली

इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवलले तिलोत्तमा स्थित मणिग्राममा रहेको रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका बालबालिकाहरु लाई शैक्षिक सामाग्री बितरण गरेको छ । क्लबले रक्षा बन्धनको अवसर पारी उक्त कार्यक्रम आयोजना गरेको हो । क्लबले आश्रममा रहेका १३ जना बालबालिकाहरु लाई कापी कलम सङ्गै अन्य खाधन्न सामाग्री बितरण गरेको छ। क्लबले शिक्षा ,स्वास्थ्य, लगायत विभिन्न सामाजिक क्षेत्रमा कार्यक्रम गर्दै आएको छ । सोही क्रममा आश्रममा रहेका बालबालिका सङ्गै जनैपुर्णिमा जस्तो चाड मनाउन र आवश्यक शैक्षिक सामाग्री बितरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै आश्रमका संस्थापक अध्यक्ष मैना देवि भण्डारीले सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।सबैको साथ र सहयोगले आश्रम सन्चालनका लागि टेवा पुगेको बताउनु भएको ।रोटर्याक्ट क्लब अफ सेन्ट्रल बुटवल कार्यकमको अवसर पारेर इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवलले आश्रममा रहेका १३ जना बालबालिकालाई क्लवको सदस्यता दिएको छ । कार्यक्रममा शैक्षिक सामाग्री बितरण सङ्गै भजन गाएर बालबालिकालाई मनोरञ्जन गराइएको थियो भने बालबालिकाले आफू सङ्ग भएका प्रतिभा समेत देखाएका थिए ।कार्यक्रम क्लवका अध्यक्ष विश्व पन्थीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सन्चालन क्लबका सचिव निश्चल गौतमले गर्नु भएको थियो ।                                                            कार्यक्रम रोटर्याक्ट क्लब अफ सेन्ट्रल बुटवल र इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवलको सहकार्यमा सप्पन्न भएको थियो ।कार्यक्रमा रोटर्याक्ट डिस्ट्रीक ३२९२ नेपाल भुटान जोन १८ का जेट आर आर आबिस्कार पराजुली , इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवलका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend