अदिपसन ज्ञवाली
नेपाली महिलाहरुको महान पर्व हो तिज । तिजमा महिला दिदी बहिनीहरु भेटघाट गर्ने र आफ्ना मनका बेदना गित मार्फत पोख्ने चलन छ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बुटवलमा तिजको रंग चढ्न थालेको छ।
यो बर्षको तिज नजिकिदै गर्दा विभिन्न सङ्ह सस्थाहरु तिज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरिरहेका छन् । यसै बिच बुटवल उपमहानगरपालिका वडा न ८ ले वडाबासीहरुका लागि नारी शक्ति महिला शशक्तीकरण हरितालिका तिज कार्यक्रम २०८२ कार्यक्रम गरेको छ । वडा कार्यलयले वडामा रहेका आमा समूह, विभिन्न सङ्घ सस्था तथा पत्रकारहरुको उपस्थितिमा तिज कार्यक्रम गरेको हो । कार्यक्रममा उपस्थिति महिला दिदी बहिनिहरुले तिजका मौलिक भाकामा रमाएका थिए ।

लुम्बिनी रिभ्यू