• Saturday 25th July 2026

तितेपाती महिला सहकारीको तीज मिलन कार्यक्रम

तितेपाती महिला सहकारीको तीज मिलन कार्यक्रम

सहकारीका अध्यक्ष कमला बस्नेत कुंवरले महिलाहरुको प्रमुख पर्व तीजमा सबैका लागि रम्ने रमाउने बाताबरण सिर्जना गर्न तीन मिलन कार्यक्रम आयोजन गरेको बताउनु भयो ।


  • लुम्बिनी रिभ्यू

बुटवल, तितेपाती महिला वचत तथा ऋण सहकारी संस्थाले बुधवार बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीले हरितालिका तीजको अवसर पारेर सेयर सदस्य महिलाहरु बिच खुसीयाली साट्दै नाच्न र गाउन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा तीज शुभकामना आदान प्रदान गर्दै नाचगान गरेर रमाइलो गरिएको थियो।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष कमला बस्नेत कुंवरले महिलाहरुको प्रमुख पर्व तीजमा सबैका लागि रम्ने रमाउने बाताबरण सिर्जना गर्न तीन मिलन कार्यक्रम आयोजन गरेको बताउनु भयो ।

सहकारीका सस्थापक अध्यक्ष प्रिया गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको तीज मिलन कार्यक्रममा सल्लाहकारहरु चन्दा न्यौपाने, चिनुमाया श्रेष्ठ, ज्ञान माया थापा तुलसा भट्टराई तुलसी के सि लगायतको सहभागिता रहेको थियो । सचिव गौरा केसीले संचालन गरेको तीज मिलन कार्यक्रममा ३ ओटा समूह बिच गीत तथा नाच प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितापछि सहभागी सबैले सामुहिक रुपमा नाचेर रमाइलो गरेका थिए ।

कार्यक्रममा विष्णुजी पाण्डे माइला बाले हास्यव्यंगद्वारा मनोरञ्जन दिलाउनु भएको थियो ।तितेपाती सहकारीमा महिलाहरु मात्र सदस्य रहेका छन् । सहकारीमा आवद्ध रहेका सहकारीका सदस्य बिच खुसी साट्न भन्दै हरेक वर्ष तीज मिलन कार्यक्रम गर्ने गरेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend