काठमाडौ । देशभर डेंगु संक्रमणकाे क्रम बढेकाे छ । पछिल्लो एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
गत पुसदेखि हालसम्म ७४ जिल्लाबाट डेंगु पुष्टि हुनेको सङ्ख्या दुई हजार ९५२ पुगेको छ । डा. दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन ।
डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ। गण्डकी प्रदेशमा ८७७ जनामा डेङ्गु पुष्टि भएको छ ।
त्यसैगरी बागमतीमा ६१२, कोशीमा ५१८, लुम्बिनीमा ४६५, सुदूरपश्चिममा ३५०, कर्णालीमा ७७ र मधेशमा ५३ जनामा डेङ्गु पुष्टि भएको डा. दाहालले जानकारी दिनुभयो ।

लुम्बिनी रिभ्यू